ग्रामीण अर्थतन्त्रका लागि अम्रिसो
काठमाडौं । नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ । जहाँ ६० प्रतिशतभन्दा बढी जनसंख्याको जीविकोपार्जन कृषि तथा यससँग सम्बन्धित क्रियाकलापमा निर्भर रहेका छन् । यसमा पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश किसानहरू स–साना पारम्परिक खेती गर्दै आएका छन् । यसैअन्तर्गत अम्रिसो खेतीले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसर्थ अम्रिसो, जसलाई स्थानीय भाषामा टिमुर वा बाँस झार पनि भनिन्छ । यो एक बहुउद्देश्यीय बोट पनि हो । जसको प्रयोग झाडु उत्पादन, चारा, इन्धन र हाता निर्माणमा गरिन्छ । यसले राष्ट्रको पहाडी क्षेत्रमा मात्र होइन तराई र हिमाली क्षेत्रमा पनि कृषकहरूको आय स्रोतको रूपमा काम गरेको छ । यस अर्थमा भन्ने नै हो भने अम्रिसो खेतीको विधि, आर्थिक महत्व, चुनौती र सम्भावनाहरूको विस्तृतरूपमा विश्लेषण गरिएको छ ।
हाम्रो देशको ग्रामीणस्तरका बसोबास गर्ने साना खालका धेरै कृषकहरूको अर्थतन्त्र कृषिमा आधारित छ । जहाँ विभिन्न प्रकारका नगदेबालीहरूको उत्पादन गरिन्छ । यी नगदेबालीहरूमध्ये अम्रिसो (थिसानोलेना म्याक्सिमा) वैज्ञानिक नाम रहेको छ । वस्तुतः अम्रिसो एउटा बहुवर्षीय घाँस हो । जुन विशेष गरी नेपाल, भारत, चीन र दक्षिणपूर्व एसियामा पाइन्छ । यो अम्रिसो एक महत्वपूर्ण वनस्पति पनि हो । जसले नेपाली किसानहरूलाई आर्थिकरूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्छ । यसलाई भन्ने नै हो भने विशेष गरी पहाडी तथा तराई क्षेत्रमा यसको व्यापक खेती गरिन्छ । जुन अम्रिसो खेतीको प्रमुख उद्देश्य घरेलु तथा औद्योगिक प्रयोगका लागि यसको झार(घाँस) संकलन गर्नु हो । फलतः यसलाई अर्को शब्दमा भन्ने नै हो भने अम्रिसो घाँस वर्गमा पर्ने एक बहुवर्षीय वनस्पति हो । जसको काण्डबाट विभिन्न प्रकारका सामग्रीहरू तयार गरिन्छ । यसका पातहरू गाईवस्तुको आहारका रूपमा समेत प्रयोग गरिन्छ भने यसको झार झाडु तथा कुचो बनाउने प्रमुख स्रोत पनि हो । तसर्थ, मुलुकमा यसको घरआँगन बडार्ने कुचोको कार्यमा यसको प्रयोग गरिन्छ । यो विशेषगरी देशको पहाडी भू–भागहरूमा यसको व्यावसायिक खेती गरिन्छ । यसरी अम्रिसो खेतीका लागि पाँच सयदेखि दुई हजार मिटर उचाइ भएको भौगोलिक क्षेत्र उपयुक्त मानिन्छ । यसले सुख्खा र अर्ध–सुख्खा जलवायुमा पनि राम्रोसँग बढ्न सक्छ । यो खासगरीकन वर्षामा एक हजारदेखि दुई हजार मिलिमिटर वर्षा भएको क्षेत्र यसको लागि अनुकूल छ । यसको साथसाथै माटोको प्रकारमा यो बलौटे माटोदेखि दोबाटो माटोमा पनि उम्रन सक्छ । तर जलनिकास भएको बालुवा मिश्रित माटोमा यसको उत्पादन राम्रो हुन्छ । तसर्थ, देशको सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, रसुवा, ललितपुर र तनहुँजस्ता जिल्लाहरूमा अम्रिसो खेती व्यावसायिकरूपमा गरिन्छ । यसको अलवा तराईका केही भेगमा पनि यसको खेती धेरै गरेको पाइन्छ ।
अम्रिसोको आर्थिक महत्व
किसानको आयस्रोतः अम्रिसो खेती गर्ने किसानहरूले प्रतिपिटिको दुई सयदेखि पाँच सयसम्म कमाउन सक्छन् । एक हेक्टर जमिनबाट वार्षिक पाँच सयदेखि आठ सयपिटिको उत्पादन हुन सक्छ । यसले ग्रामीण क्षेत्रमा वार्षिक एक लाखदेखि चार लाखसम्म आयआर्जन गर्न सहयोग गरेको छ ।
रोजगारी सिर्जनाः अम्रिसोको कटाई, प्रशोधन, झाडु बनाउने र बिक्री प्रक्रियामा महिला र युवाहरू सक्रियरूपमा संलग्न छन् । यसले स्थानीयस्तरमा मौसमी र दीर्घकालीन रोजगारीको सिर्जना गरेको छ ।
निर्यात र घरेलु बजार: नेपालले भारत, भुटान र मध्यपूर्वमा अम्रिसो झाडु निर्यात गर्छ । सन् २०२२ को तथ्याङ्कअनुसार, नेपालले २० करोड नेपाली रुपैयाँको अम्रिसो निर्यात गरेको थियो । जबकि घरेलु बजारमा पनि यसको माग निरन्तर रहेको छ ।
मुलुकमा अम्रिसो खेतीलाई प्रवर्द्धन गर्न विभिन्न किसिमका चुनौतीहरू विद्यमान रहेका छन् । जसलाई बुँदागतरूपमा तल प्रस्तुत गरिएको छ । मूल्यमा उतारचढावः बजारको मागअनुसार अम्रिसो ब्रुमको मूल्य फरक हुन्छ । जसले किसानहरूको आय स्थिरतालाई असर गर्छ ।
कमजोर भण्डारण र प्रशोधन सुविधाहरूः भण्डारण र सुकाउने सुविधाहरूको अभावले गुणस्तरमा गिरावट ल्याउँछ, बजार मूल्य घटाउँछ । बजार पहुँच र मध्यस्थको प्रभुत्वः किसानहरूले बजारमा प्रत्यक्ष पहुँच गर्न नसकेपछि मध्यस्थहरूले मनमानी मूल्य तोकेर फाइदा लिन्छन् । यसलाई अर्को अर्थमा भन्नुपर्दा किसानहरू प्रायः प्रत्यक्ष बजार पहुँच खोज्न संघर्ष गर्छन् । जसले गर्दा बिचौलियाहरूद्वारा शोषण हुन्छ ।
प्रविधिको अभावः यमसा किसानहरूलाई सुधारिएको खेती र प्रशोधन प्रविधिहरूमा उचित तालिमको अभाव छ । यसलाई खाली पारम्परिक खेती विधिले उत्पादन क्षमता घटाएको छ । प्राकृतिक जोखिमः अनियमित वर्षा र माटोको उर्वरा शक्ति घट्दै जानाले उत्पादन प्रभावित हुन्छ ।
सरकारी नीति र सहयोगः नेपाल सरकारले कृषि विकास योजनाअन्तर्गत अम्रिसो खेतीलाई प्रवद्र्धन गर्ने कार्यक्रम चलाएको छ । जसमा स्थानीय सहकारी संस्थाहरूले किसानलाई प्रशिक्षण, बीउ उपलब्ध गराउने र बजार व्यवस्थापनमा सहयोग गरिरहेका छन् । यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्ले अम्रिसोको उन्नत किसिम विकास गर्ने प्रयास गरेको छ ।
पर्यावरणीय फाइदाः अप्रत्यासित मौसमी ढाँचा, लामो खडेरी र भारी वर्षाले अम्रिसोको उत्पादनमा असर गर्छ । जसलेगर्दा अम्रिसोले ढलानो क्षेत्रमा माटोको क्षरण रोक्छ । यसको गहिरो जराले माटोलाई बाँधेर राख्छ, जसले भू–स्खलन नियन्त्रणमा मद्दत गर्छ । यसले कार्बन अवशोषण गरेर जलवायु परिवर्तनविरुद्ध पनि योगदान दिन्छ ।
सफलता कथाहरूः सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिकामा स्थानीय महिला समूहहरूले अम्रिसो खेतीलाई व्यावसायिकरूप दिएका छन् । उनीहरूले सहकारी संस्था बनाएर उत्पादन बढाएका र भारतमा प्रत्यक्ष निर्यात गर्न सफल भएका छन् । यसले गाउँले महिलाहरूको आर्थिक सशक्तीकरणमा ठूलो योगदान पु¥याएको छ ।
नेपालमा अम्रिसो खेतीको भविष्यको सम्भावना
पर्यावरणमैत्री र दिगो उत्पादनहरूको बढ्दो मागसँगै अम्रिसो खेतीको आशाजनक भविष्य छ । सरकार र निजी क्षेत्रले यसको उत्पादन र बजार क्षमता बढाउन सँगै काम गर्न सक्छन् । केही भविष्यका रणनीतिहरूमा समावेश छन्:
सहकारीलाई सुदृढ पार्नेः किसानहरूलाई सहकारी बनाउन प्रोत्साहित गर्नाले मोलमोलाई गर्ने शक्ति बढाउन सकिन्छ र बिचौलियाको शोषण कम गर्न सकिन्छ । मूल्य अभिवृद्धिः उच्च गुणस्तरका झाडुका प्रजातिहरू विकास गर्ने, ब्रान्डिङ गर्ने र प्याकेजिङ गर्ने कार्यले बजार मूल्य बढाउन सक्छ ।
निर्यात प्रवर्द्धनः व्यापार नीतिहरूलाई सुदृढ पार्ने र नयाँ बजारहरूको अन्वेषण गर्नाले निर्यात सम्भावना बढाउन सक्छ ।
प्रविधि एकीकरणः आधुनिक कृषि प्रविधि र प्रशोधन विधिहरूको प्रयोगले उत्पादकत्वमा सुधार ल्याउन सक्छ । जलवायु अनुकूलन रणनीतिहरूः दिगो कृषि अभ्यासहरू र पानी व्यवस्थापन प्रविधिहरू लागू गर्नाले जलवायु जोखिमहरूलाई कम गर्न सकिन्छ ।
समग्रमा भन्नुपर्दा अम्रिसो खेतीबाट रोजगारी प्रदान गरेर, कृषि विकासका विभिन्न किसिमका विधाहरूलाई प्रवद्र्धन गरेर र दिगो कृषिलाई समर्थन गरेर अम्रिसो खेतीले देशको ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ । मूलतः अम्रिसो खेती राष्ट्रको ग्रामीण अर्थतन्त्रको आयआर्जन गर्ने मेरुदण्ड पनि हो । यसले कृषकलाई टिकाऊ आय दिने, रोजगारी सिर्जना गर्ने र पर्यावरण संरक्षणमा सहयोग पु¥याएको छ । जसले गर्दा भविष्यमा यस क्षेत्रलाई बढावा दिन सरकारले नीतिगत सुधार, बजार पहुँच र प्रविधि सहयोगमा ध्यान केन्द्रित गर्न आवश्यक छ । जुन अम्रिसोबाट विविध उत्पादन (जस्तैः बायोफ्युल, कागज) विकास गरेर यसको आर्थिक मूल्य अझ बढाउन सकिन्छ । जसलेगर्दा उचित नीतिगत सहयोग, बजार विस्तार र प्राविधिक प्रगतिको साथ, अम्रिसो खेतीले ग्रामीण जीविकोपार्जनलाई अझ माथि उठाउन सक्छ । अतः देशको आर्थिक विकासमा योगदान पु¥याउन सक्छ । जसको अनुसन्धान, सहकारी खेती र मूल्य शृङ्खला सुधारमा लगानी गर्नाले अम्रिसो आउने पुस्ताहरूका लागि एक लाभदायक र पर्यावरण–मैत्री कृषि उद्यम रहने कुरा सुनिश्चित गर्नेछ ।